BIZMANDU
www.bizmandu.com

चाँदीको आयात कम हुँदा ४० हजार कालिगढ बेरोजगार, आयात परिमाण बढाउन माग

२०७९ असार ९

चाँदीको आयात कम हुँदा ४० हजार कालिगढ बेरोजगार, आयात परिमाण बढाउन माग
चाँदीको आयात कम हुँदा ४० हजार कालिगढ बेरोजगार, आयात परिमाण बढाउन माग

काठमाडौं। चाँदी आयातमा कडाई गर्दा ४० हजार भन्दा बढी कालिगढ बेरोजगार भएका छन्। सरकारले चाँदी आयात अस्वभाविक भएपछि कडाई गरेको थियो।

Tata
GBIME

नेपाल सिल्भर ट्रेड एशोसिएसनले बिजमाण्डूले आयोजना गरेको मौद्रिक नीति सम्वन्धि छलफलमा गभर्नर महाप्रसाद अधिकारीलाई लिखित माग बुझाउँदै चाँदी आयातमा कडाई गर्दा निर्यातमा समेत असर परेको बताएको छ।

एशोसिएसनका अध्यक्ष सुशन शाक्यले चाँदी आयातमा कडाई हुँदा मौलिक संस्कृति र कलात्मक महत्व जोडिएका गरगहना निकासी समेत प्रभावित भएको बताए। उनका अनुसार देशभर रहेका ४० हजार कालिगढ समेत बेरोजगार भएका छन्।

शाक्यले चाँदी आयातमा कडाई गर्दा राजस्वमा गिरावट आएको बताउँदै अवैध रुपमा भारतबाट न्यून गुणस्तरको चाँदी आयात भइरहेको बताए। उनले चाँदीको दरभाउ अन्तर्राष्ट्रिय बजार अनुसार थपघट हुने भएकाले रकमका आधारमा नभई परिमाणका आधारमा सीमा तोक्नुपर्ने बताए। अहिलेे ३५ हजार डलरसम्म मात्रै चाँदी आयात गर्न पाइन्छ। एशोसिएसनले चाँदी आयात बैंक ग्यारेन्टीमार्फत गर्न पाउने व्यवस्थाको समेत माग गरेको छ।