BIZMANDU
www.bizmandu.com

मर्जरका लागि लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा, सभा असार २९ गते हुने

२०७९ असार ९

मर्जरका लागि लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा, सभा असार २९ गते हुने
मर्जरका लागि लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा, सभा असार २९ गते हुने


काठमाडौं। लुम्बिनी जनरल इनस्योरेन्सले मर्जरको प्रस्ताव सहित साधारणसभा डाकेको छ। कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने समय तोकेको हो।

Tata
GBIME
Nepal Life

सभा असार २९ गते अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ । 

सभामा  चुक्ता पुँजी वृद्धि गर्न अन्य कुनै कम्पनीलाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा जाने विशेष प्रस्ताव रहेको छ। सभामा कम्पनीको अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट वृद्धि गरि ३ अर्ब पुर्‍याउने विशेष प्रस्ताव छ।

कम्पनीको हाल रहेको चुक्ता पुँजी एक अर्ब १९ करोड ८८ लाख रुपैयाँबाट वृद्धि गरि १ अर्ब ३१ करोड २७ लाख रुपैयाँ पुर्‍याउने कम्पनीले जनाएको छ। सो प्रयोजनको लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक बर्ष २०७७/७८ सम्मको मुनाफामध्ये चुक्ता पुँजीको ९ .५ प्रतिशतले हुन आउने ११ करोड ३८ लाख ९५ हजार बराबरको बोनस सेयर वितरण गर्ने र बोनस सेयर वितरण गर्दा फ्रयाक्सनमा आउने सेयरलाई पछि समायोजन गर्ने गरि यथावत राख्ने प्रस्ताव  छ।

 सभामा संचालक समितिको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदनमा छलफल हुनेछ। बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.५ प्रतिशतले हुन आउने ५९ लाख ९४ लाख नगद लाभांश स्वीकृत गर्ने उल्लेख छ।

प्रबन्धपत्रको प्रस्तावित संशोधन सम्बन्धि निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने छ।संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने ४ जना संचालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव छ। 

 कम्पनीले असार १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ। कम्पनीका अनुसार १४ गते सम्म नेप्सेमा कारोबार भएका  सेयरधनीले मात्र  सभामा भाग लिन पाउने छन्।