BIZMANDU
www.bizmandu.com

युनाइटेड ट्रेडर्सको डिलर इस्ट लिंकको कारोबार २७% ले बढ्यो, प्राडो,फर्चुनर र हाइलक्सबाट ८३% कमाई

२०७९ असार ९

युनाइटेड ट्रेडर्सको डिलर इस्ट लिंकको कारोबार २७% ले बढ्यो, प्राडो,फर्चुनर र हाइलक्सबाट ८३% कमाई
युनाइटेड ट्रेडर्सको डिलर इस्ट लिंकको कारोबार २७% ले बढ्यो, प्राडो,फर्चुनर र हाइलक्सबाट ८३% कमाई


काठमाडौं। टोयोटा गाडीको बेच्ने युनाइटेड ट्रेडर्स सिन्डिकेटको वागमती डिलर इस्ट लिंक मोटर्सले २०२१ मा एक अर्ब ३६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ। 

Tata
GBIME
Nepal Life

इस्ट लिंक मोटर्सले टोयोटाको पेसेन्जर गाडी बिक्री गर्छ। २०२१ मा कम्पनीले २७ प्रतिशतले आफ्नो व्यापार रिबाउन्ड गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। २०२० मा कम्पनीको व्यापार ४४ प्रतिशतले घटेको थियो। कम्पनीले २०२० मा एक अर्ब सात करोड ८० लाख रुपैयाँ र २०१९ मा एक अर्ब ९१ करोड रुपैयाँ व्यापार गरेको थियो।

२०२२ को सात महिनामा कम्पनीले दुई अर्ब २२ करोड १० लाख रुपैयाँको कारोबार गर्ने इक्रा नेपालले अपरिष्कृत विवरण रेटिङमा उल्लेख गरेको छ। 

टोयोटाको निकै लोकप्रिय एसयूभी सेग्मेन्टहरु प्राडो, र्‍याभ-४ र फर्चुनरले व्यापार बढाउन सघाएको बताइएको छ। प्राडो, फर्चुनर र हाइलक्स कम्पनीको बिक्री हुने शीर्ष मोडलहरु हुन्। २०२१ मा यो मोडलहरुको बिक्रीबाट कम्पनीले कुल आम्दानीको ८३ प्रतिशत कमाएको इक्रा नेपालले जनाएको छ। २०२० मा यो ७५ प्रतिशत थियो।  

इस्ट लिंक मोटर्ससँग लैनचौर र कुपण्डोलमा गरी दुईवटा आफ्नै शोरुम छ। इस्ट लिंक मोटर्सले ७५ करोड ५० लाख रुपैयाँ कर्जाका लागि इक्रा नेपालबाट एनपी ए फोर प्लस रेटिङ पुन:पुष्टि गरेको छ।

कम्पनीमा तीनजनाको स्वामित्व छ। नारायणप्रसाद पौडेल, राजेन्द्र बिक्रम पौडेल र डा. धनन्जय रेग्मीको कम्पनीमा समान सेयर स्वामित्व छ।