BIZMANDU
www.bizmandu.com

इभीमा जानुअघि यातायात क्षेत्रलाई व्यवस्थापन गर्न माग, ‘लगानी भइसकेको १० खर्ब के गर्ने?’

२०७९ असार ९

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वाँरले पहिले नै १० खर्ब लगानी रहेको यातायात व्यवसायलाई ब्यवस्थापन नगरी  विद्युतीय सवारीहरु संचालनमा ल्याउनु व्यवाहारिक नभएको बताएका छन्।

Tata
GBIME
Nepal Life

बिजमाण्डूले आयोजना गरेको कार्यक्रममा स्वाँरले विद्युतीय सवारी संचालनमा सहयोग गर्न सकारात्मक भएपनि सरकारले यसअघि नै १० खर्ब लगानी भइसकेको व्यवसायलाई कसरी व्यवस्थापन गर्ने बारे योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे।

सबै विद्युतीय सवारी मात्र प्रयोगमा ल्याउने हो भने सरकारले १० लगानीलाई के कसरी व्यवस्था गर्ने हो यस बारेमा सरकारले सोच्नुपर्ने उनको भनाई छ।

यो हाम्रो व्यवसायमा बिग हाउसहरुको लगानी नरहेको र यो सेवा क्षेत्र रहेकाले सरकारले कसरी सेवा राम्रो बनाउने भन्ने बारेमा सोचेर अगाडि बढ्नुपर्ने बताए। 'बिग हाउसहरुको व्यापार गर्ने थलो हामी हौं। उहाँहरुले गाडी बिक्री गर्नुहुन्छ। हामी किनेर जनतालाई सेवा प्रदान गर्छौं।,' उनले भने।

यस्तै स्वाँरका अनुसार सार्वजनिक यातायातको क्षेत्रमा डिजिटल भुक्तानीको कुरामा पनि सरकारले ध्यान दिनुपर्ने बेला आएको छ। यो क्षेत्रमा वार्षिक खर्बौं रुपैयाँको कारोबार हुने गरेको र यसलाई सरकारले डिजिटल भुक्तानीमा समावेश गर्न सके सबैको लागि राम्रो हुने उनले बताए। यसका लागि यातायात व्यवसायी राष्ट्र बैंकसँग काम गर्न तयार रहेको स्वाँरको भनाइ छ।

स्वाँरका अनुसार हाल प्रदेश सरकार र केन्द्र सरकारको छुट्टै/छुट्टै नीतिहरुका कारण समस्या रहेको छ। यसमा पनि राष्ट्र बैंक तयार पारेको डिजिटल भुक्तानीको स्थायी प्रणाली लागु गर्न समेत उनले गभर्नरलाई ध्यानाकर्षण गराएका छन्।

स्वाँरले यो आगामी आउने मौद्रिक नीतिले यातायात व्यवसायीहरुको समस्यालाई संबोधन गर्ने अपेक्षा रहेको बताए।