BIZMANDU
www.bizmandu.com

हजयात्रीलाई आवश्यक विदेशी मुद्रा सटहीको सुविधा दिँदै ग्लोबल आइएमई बैंक, चार शाखाबाट पाइने

२०७९ असार ८

हजयात्रीलाई आवश्यक विदेशी मुद्रा सटहीको सुविधा दिँदै ग्लोबल आइएमई बैंक, चार शाखाबाट पाइने
हजयात्रीलाई आवश्यक विदेशी मुद्रा सटहीको सुविधा दिँदै ग्लोबल आइएमई बैंक, चार शाखाबाट पाइने


काठमाडौं। ग्लोबल आइएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सबै हजयात्रीहरुलाई आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तीनकुने र सिनामंगल शाखा कार्यालयहरुबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको जनाएको छ। 

साथै हजयात्रीहरुलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ। 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।