BIZMANDU
www.bizmandu.com

सुन तोलामा ४ सय घट्यो, कारोबार मूल्य ९७ हजार ३ सय प्रतितोला, चाँदीमा १० रुपैयाँ गिरावट

२०७९ असार ८

सुन तोलामा ४ सय घट्यो, कारोबार मूल्य ९७ हजार ३ सय प्रतितोला, चाँदीमा १० रुपैयाँ गिरावट
सुन तोलामा ४ सय घट्यो, कारोबार मूल्य ९७ हजार ३ सय प्रतितोला, चाँदीमा १० रुपैयाँ गिरावट


काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ४ सय रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको छ। 

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँ भएको छ। मंगलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँ थियो भने साताको पहिलो दिन ९७ हजार ५ सय थियो। 

गत वैशाख सुरुवातमा प्रतितोला १ लाख २ हजार ५ सयसम्म पुगेको सुनको कारोबार मूल्य गत जेठमा अधिकतम ९९ हजार २ सय रुपैयाँसम्म भएको थियो। चालु महिना अधिकतम ९७ हजार ८ सयभन्दा माथि गएको छैन।  

चाँदीको मूल्य बुधबार तोलामा १० रुपैयाँले घटेको छ। कारोबार मूल्य १२ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार प्रतितोला १२ सय ६५ थियो। 

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८२७.०२ डलरमा कारोबार भइरहेको छ। मंगलबारका तुलनामा सुन प्रतिऔंस ११.७५ डलरले घटेको छ। चाँदी प्रतिऔंस २१.४१ डलर छ। मंगलबार प्रतिऔंस २१.६६ डलर थियो।