BIZMANDU
www.bizmandu.com

जग्गा वर्गीकरणविना नै बैंकबाट धितो बन्धक राख्न पाइने, यस्तो छ मालपोतलाई गरिएको परिपत्र

२०७९ असार ७

जग्गा वर्गीकरणविना नै बैंकबाट धितो बन्धक राख्न पाइने, यस्तो छ मालपोतलाई गरिएको परिपत्र
जग्गा वर्गीकरणविना नै बैंकबाट धितो बन्धक राख्न पाइने, यस्तो छ मालपोतलाई गरिएको परिपत्र

काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै मालपोत कार्यालयहरुलाई सर्वोच्चको आदेशअनुसार काम अघि बढाउन परिपत्र गरेको छ।

Tata
GBIME
Nepal Life

सरकारले जग्गा वर्गीकरण नगरी बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो बन्धक नगर्न गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले असार ५ गते अन्तरिम आदेश दिएको थियो।

भूमि व्यवस्था मन्त्रालयले अदालतको आदेशअनुसार काम अघि बढाउन मंगलबार नै विभागलाई पत्र काटेपछि विभागले पनि मातहतका कार्यालयहरुलाई पत्राचार गरेको छ।

भूमि व्यवस्था मन्त्रालयले अपरिपक्व र तयारीविनै धितो रोक्का राख्न निर्णय गरेपछि वैदेशिक अध्ययनका लागि विदेश जान ठिक्क परेका विद्यार्थीहरुको ऋण रोकिएको थियो।

यस्तो छ परिपत्रको पूर्णपाठ