BIZMANDU
www.bizmandu.com

पर्यटनमन्त्री आलेबाट दुर्व्यवहार खेपेका एनएसी अध्यक्ष अधिकारी बर्खास्त, ८ महिनामै हटाइए

२०७९ असार ६

पर्यटनमन्त्री आलेबाट दुर्व्यवहार खेपेका एनएसी अध्यक्ष अधिकारी बर्खास्त, ८ महिनामै हटाइए
पर्यटनमन्त्री आलेबाट दुर्व्यवहार खेपेका एनएसी अध्यक्ष अधिकारी बर्खास्त, ८ महिनामै हटाइए

काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन्। पर्यटनमन्त्री प्रेम आलेले आफ्नो स्वार्थ अनुकूल काम नगरेपछि अधिकारीलाई बर्खास्त गर्न मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेका थिए।

Tata
GBIME

सोही प्रस्तावका आधारमा अधिकारीलाई सोमबारको मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएको हो। अधिकारीलाई उनै आलेको प्रस्तावमा कार्यकारी अध्यक्ष नियुक्त गरिएको थियो।

आलेले गौतम बुद्ध क्षेत्रीय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ् निजी कम्पनीलाई दिन दबाब दिएका थिए भने निगमका कर्मचारी भर्ती गर्न दबाब दिएका थिए। अधिकारीले निगमको आम्दानीको प्रमुख स्रोत ग्राउन्ड ह्यान्डलिङ निजी कम्पनीलाई दिन नसकिने भन्दै कुनै निर्णय नगरेपछि मन्त्री आले रिसाएका थिए।

आलेले आफ्नो कुनै पनि काम नगरेको भन्दै अधिकारी हटाउन प्रक्रिया अगाडि बढाएका थिए। स्रोतका अनुसार आफ्नो निर्देशन नमानेपछि मन्त्री आलेले अधिकारीसँग बोलचाल नै बन्द गरेका थिए।

अधिकारीले टेलिफोन गर्दा मन्त्री आलेले अपशब्द प्रयोग गर्दै हप्काएका थिए। त्यसपछि अधिकारी उनलाई भेट्न जाँदा अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। अधिकारीले मोबाइल अन गरेर मन्त्रीलाई भेटन गएकाले दुर्व्यवहार गरेको सबै रेकर्ड भएको थियो। सो रेकर्ड समाचारमाध्यम र सामाजिक संजालमा भाइरल बनेको थियो।

मन्त्री आले र अधिकारीबीच खटपटको सुरुवात भने साउदी अरेबिया उडानबाट भएको थियो। यो उडानको उद्घाटनमा अध्यक्ष अधिकारीले एमालेका सांसद महेश बस्नेत लिएर गएपछि मन्त्री आले रिसाएका थिए। व्यवसायिक उडानको सुरुवातमा बस्नेतसहित जम्बो टोली लगेको भन्दै आलेले अधिकारीलाई लिखित स्पष्टीकरण सोधेका थिए।