BIZMANDU
www.bizmandu.com

वारेन बफेटसँग प्राइभेट लञ्च गर्न २ अर्ब ३७ करोड, गरिब तथा घरबारविहीनलाई खर्च गरिने

२०७९ असार ६

वारेन बफेटसँग प्राइभेट लञ्च गर्न २ अर्ब ३७ करोड, गरिब तथा घरबारविहीनलाई खर्च गरिने
वारेन बफेटसँग प्राइभेट लञ्च गर्न २ अर्ब ३७ करोड, गरिब तथा घरबारविहीनलाई खर्च गरिने

काठमाडौं। एक व्यक्तिले वारेन बफेटसँग 'प्राइभेट स्टिक लञ्च' गर्नको लागि १९ मिलियन डलर अर्थात २ अर्ब ३७ करोड रुपैयाँ तिरेका छन्।

Tata
GBIME
Nepal Life

विश्व चर्चित लगानीकर्ता बफेटसँगको निजी स्टेक लञ्चका लागि नाम नखुलाएका एक व्यक्तिले बढाबढमार्फत हालसम्मकै रेकर्ड तोडेर यति धेरै रकम तिरेका हुन्। 

बफेटले हरेक वर्ष गरिबी, भोक र घरबारविहीनताविरुद्ध लड्ने काम गर्ने सामाजिक संस्थालाई दान गर्दै आएका छन्।

रकम सनफ्रान्सिस्कोस्थित गैर-नाफामूलक संस्थालाई हस्तान्तरण गरिने बताइएको छ। गत जुन १२ मा भएको बिडिङमा बफेटसँगको लञ्चका लागि बढाबढ २५ हजार डलरबाट सुरु भएको थियो। शुक्रबार एक व्यक्तिले १९ मिलियन डलर बोली लगाए र लञ्च प्याकेज हात पारे।

सन् २०१९ मा भएको यस्तै कार्यक्रममा डाक बढाबढ हुँदा ४.५ मिलियन डलरमा अन्तिम बोली लागेको थियो। उक्त समयभन्दा यसपटक चार गुणा बढी हो।

कोभिड-१९ महामारीको कारण सन् २०१९ पछि यो कार्यक्रम रोकिएको थियो। 

अब ती व्यक्तिले लञ्च प्याकेज विजेताका रूपमा न्यूरोर्कको स्मिथ एण्ड वोलेन्स्की स्टिकहाउसमा बफेटसँग प्राइभेट स्टिक लञ्चको मजा लिनेछन्।

यो नै बफेटसँगको पावर लञ्चको अन्तिम वर्ष हो। वार्षिक लिलामीले ग्लाइडको लागि मात्र ५३ मिलियन डलरभन्दा बढी उठाएको छ।

'ग्लाइड र हामीले सेवा गर्नेहरूको तर्फबाट म वारेन बफेटलाई उहाँको अटल उदारता, साझेदारी र समर्पणको लागि र हाम्रो मिसनमा उहाँको अतुलनीय योगदानको लागि धन्यवाद दिन्छु,' संगठनका अध्यक्ष र सीइओ करेन हानरहनले समाचार विज्ञप्तिमार्फत भनेका छन्। 

लिलामी पहिलो पटक २ हजार डलरमा दिवंगत सुसीई बुफेटद्वारा सुरु गरिएको थियो। सन् २००३ देखि इबेले लिलामी व्यवस्थापन गरिरहेको छ।

'हामी  गर्व गर्छौं कि वारेन बफेटको अन्तिम पावर लन्चले संकटबाट बाहिर निस्कने र जीवन परिवर्तन गर्न ग्लाइडको प्रयासहरूलाई समर्थन गर्दै उठाइएको कोषको हाम्रो सबै समयको रेकर्ड तोडेको छ,' इबेका सीइओ जेमी इयानोनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।