BIZMANDU
www.bizmandu.com

जग्गाधनी जापानमा, नक्कली मृत्युदर्ता बनाएर कीर्तिपुरको जग्गा किनबेच : ५ जना पक्राउ

२०७९ असार ५

जग्गाधनी जापानमा, नक्कली मृत्युदर्ता बनाएर कीर्तिपुरको जग्गा किनबेच : ५ जना पक्राउ
जग्गाधनी जापानमा, नक्कली मृत्युदर्ता बनाएर कीर्तिपुरको जग्गा किनबेच : ५ जना पक्राउ


काठमाडौं। प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ। कीर्तिपुरमा रहेको करिब ७ करोड मूल्य पर्ने जग्गा नक्कली कागज बनाएर बिक्री गरेको खुलेको हो। 

Tata
GBIME
Nepal Life

पक्राउ पर्नेमा ५६ वर्षीय महावीर चन्द,  ४१ वर्षीय गणेशबहादुर खनाल, ४० वर्षीय बाबुराम कार्की, ४६ वर्षीय प्रेमप्रसाद खनाल र ५८ वर्षीय डासी माया श्रेष्ठ रहेका छन्।

२०५५ सालदेखि शान्तादेवी लोहनीको सपरिवार जापानमा बस्दै आएको थियो। उनीहरुले नक्कली मृत्युदर्ता प्रमाण पत्र बनाएका थिए। त्यसपछि उनीहरुले जग्गा बिक्री गरेका थिए। २४ वर्षपछि नेपाल फर्किएका ती व्यक्तिले आफ्नो जग्गा बेचिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए।

पक्राउ परेका व्यक्तिहरुसँग नक्कली नागरिकताको प्रमाणपत्र, नक्कली जग्गाधनी प्रमाणपत्र लगायतका कागजपत्र बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने मध्ये गणेश बहादुर खनाल यो गिरोहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। उनले जग्गा खरिद गर्ने व्यक्ति खोज्ने र आर्थिक कारोवारको व्यवस्थापन हेर्थे। यस्तै, बाबुराम कार्की पनि समूहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। उनले नक्कली कागजपत्र बनाउने र मालपोत कार्यालयमा समन्वय गर्ने गरेका थिए। महावीर चन्दले यो योजनामा शान्तादेवीको श्रीमान हुँ भनी नक्कली तारानिधि लोहनीको भूमिका निर्वाह गरेका थिए।

उनीहरुले सो जग्गा भक्तपुर निवासी सुनिता कर्मचार्यलाई बिक्री गरेको खुलेको छ।