BIZMANDU
www.bizmandu.com

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले ३५ लाख ८७ हजार कित्ता हकप्रद सेयर बिक्री खुलायो

२०७९ असार ५

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले ३५ लाख ८७ हजार कित्ता हकप्रद सेयर बिक्री खुलायो
बुढानिलकण्ठ हेरिटेज लिमिटेडले ३५ लाख ८७ हजार कित्ता हकप्रद सेयर बिक्री खुलायो

काठमाडौं। बुढानिलकण्ठ हेरिटेज लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० का दरले शनिबारदेखि हकप्रद निष्कासन तथा बिक्री खुलाएको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले चुक्ता पुँजीको ७३.०४१ प्रतिशतले हुन आउने ३५ लाख ८७ हजार ८ सय ७० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ। 

उक्त सेयरका लागि कम्पनीको विशेष साधारणसभा हुनुभन्दा अघिल्लो दिन अर्थात जेठ ३ सम्म सेयरधनी दर्ता पुस्तिकामा कायम लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन्। 

इच्छुक लगानीकर्ताले ३५ दिन भित्र आवेदन दिनु पर्नेछ।

आवेदन फाराम कम्पनीको रजिष्टर्ड कार्यालय बुढानिलकण्ठ-१ तौलुङबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ। 

नारायण गोपाल चोकबाट पाँच किलोमिटरको दूरीमा ११ रोपनी ११ आना जग्गामा बनेको होटलमा १०२ वटा कोठा छन्। तीन वटा भवनसहितको उक्त होटलका १०२ कोठामध्ये दुई वटा प्रेसिडेन्सियल, तीन वटा डिलक्स र बाँकी ९७ वटा इकोनोमी कोठा छन्। 

यो प्रोपर्टीमा पाँच तारे होटलसँगै दुई वटा पार्टी भेन्यू पनि निर्माण गरिने बताइएको छ। ठूलो हलमा करिब चार सय र सानोमा १ सय ५० जना क्षमताको पार्टी भेन्यू निर्माण भएको छ। होटलमा दुई सयवटा गाडी अटाउने पार्किङ छ।

होटलमा विभिन्न क्षेत्रका ३१ जनाले लगानी गरेका छन्। 

होटलको बोर्डमा केसीसँगै सीए तथा व्यवसायी दीपक पाण्डे, जलेश्वर पाण्डे, अम्बिकाप्रसाद पौडेल, सीए नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, बाबुकाजी कार्की र जनक भट्ट छन्। लगानीकर्ताहरु हाउजिङ, होटल, शैक्षिक, वित्तीयलगायतका व्यवसायमा सक्रिय छन्।