
काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त मालीगाउँसँग साझेदारी गरेको छ।
साझेदारीअनुसार बैंकले वृत्तलाई जनचेतनामुलक पर्चा, महत्त्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, फेस मास्क, प्रिन्टर जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ।
सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
बैंकले विभिन्न समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ।