काठमाडौं। रसुवागढी हाइड्रोपावरले सार्वजनिक निष्कासन(आइपीओ) जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि पहिलो चरणमा आइपीओ जारी गर्ने भएको हो।
हाइड्रोपावरले आयोजनमा प्रभावित रसुवा जिल्लाका स्थानियका लागि जारी पुँजीको १० प्रतिशले ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो। रसुवा जिल्लाका स्थानियले हाइड्रोपावरले निष्कासन गर्न आईपीओमा न्यूनतम १० कित्ता र अघिकतम ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले उक्त आइपीओ अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले असार १३ बाट छिटोमा असार २७ र ढिलोमा साउन १० गतेसम्म बिक्री गर्नेछ। उक्त सेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका-४, गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु, ४ को लाङटाङ, ५ को स्याफ्रुबेंसी र वडा ६ धुन्चेका स्थानीयले आवेदन दिन सक्नेछन्।
यसका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सकिनेछ। निष्कासन गरिने कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने छ।
साथै धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा शिद्धार्थ क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।