BIZMANDU
www.bizmandu.com

एसियन लाइफ इन्स्योरेन्सको साढे १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई प्राथमिकता

२०७९ असार ५

एसियन लाइफ इन्स्योरेन्सको साढे १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई प्राथमिकता
एसियन लाइफ इन्स्योरेन्सको साढे १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई प्राथमिकता

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

संस्थापक सेयरधनीहरुका नाममा रहेको १२ हजार ५ सय कित्ता सेयर बिक्री गर्ने भएको हो। 

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

आवेदन फाराम कम्पनीको काठमाडौंको मैतीदेवीस्थित केन्द्रीय कार्यालयबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ। 

उक्त म्यादभित्र सेयर खरिदका लागि कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरे व्यक्ति तथा कम्पनीका लागि बिक्री खुलाइने इन्स्योरेन्सले  जनाएको छ।