BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकको ३ लाख ३३ हजार संस्थापक सेयर बिक्रीमा, पहिलो ग्राह्‍यता संस्थापक समूहलाई नै

२०७९ असार ३

काठमाडौं। लक्ष्मी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ। विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख ३० हजार २०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। 

Tata
GBIME

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। 

उक्त समयसम्म पनि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरे बैंकले अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने जनाएको छ। 

आवेदन दिने लगानीकर्ताले बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा लिखित जानकारी गराउनु पर्नेछ ।