BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकले ल्यायो बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता, ९०% सम्म ऋण पनि पाइने

२०७९ असार ३

माछापुच्छ्रे बैंकले ल्यायो बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता, ९०% सम्म ऋण पनि पाइने
माछापुच्छ्रे बैंकले ल्यायो बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता, ९०% सम्म ऋण पनि पाइने

काठमाडौं। माछापुच्छ्रे बैंकले साढे ६ वर्षमा बचत गरेको रकमको दोब्बर दिने मुद्दती खाता संचालनमा ल्याएको छ। माछापुच्छ्रे स्मार्ट मुद्दती खातामा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दोब्बर रकम पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Tata
GBIME

बैंकका अनुसार यो खाता खोल्दा न्यूनतम ५० हजार भए पुग्छ। बैंकले खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई दिनेछ।

 बैंकले नवीनतम योजना ल्याएको जिकिर गरेको छ। यो योजनामा माछापुच्छ्रेका देशभरका १६५ मध्ये कुनै पनि शाखाबाट खाता खोल्न सकिने बताइएको छ।