BIZMANDU
www.bizmandu.com

बिहीबार नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको करिब १७ लाख कित्ता सेयर थपियो, कारोबार खातामा आएपछि

२०७९ असार २

बिहीबार नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको करिब १७ लाख कित्ता सेयर थपियो, कारोबार खातामा आएपछि
बिहीबार नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको करिब १७ लाख कित्ता सेयर थपियो, कारोबार खातामा आएपछि

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार करिब १७ लाख कित्ता सेयर थपिएको छ। सिद्धार्थ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबारका लागि यो सेयर सूचीकृत भएको हो। 

Tata
GBIME

कम्पनीको कुल १६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। उक्त बोनस सेयर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई वितरण गरेको थियो। 

उक्त आवका लागि कम्पनीले कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सोही बापतको बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो। 

यी सेयरहरुको दोस्रो बजारमा कारोबार भने सेयरधनीहरुको डिम्याट खातामा आएपछि मात्र गर्न सकिनेछ।