BIZMANDU
www.bizmandu.com

विपक्षीको आरोपमा अर्थमन्त्री जनार्दनको जबाफ: करमा राष्ट्रघाट गरेको छैन, सबै जिम्मेवारी लिन्छु

२०७९ असार २

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आफूले करको दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरेका छन्। बिहीवार प्रतिनिधि सभामा सांसदहरुले उठाएको मन्त्रालय सम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर परिर्वतन गर्दा कुनै किसिमको राष्ट्रघात नगरेको बताएका हुन्।

Tata
GBIME
Nepal Life

उनले राजश्वका दरहरु परिवर्तन गर्ने आवश्यक प्रक्रियाअनुसार सम्बन्धित विभागीय प्रमुखहरु र सचिवहरु सहितको कमिटीबीच छलफल गरेरै निर्धारण गरेको बताए। राजश्वका दर परिर्वतन गर्ने प्रचलनअनुसार परिर्वतन गरेका दर रेटहरुप्रति आफू पूर्ण जिम्मेवार र जवाफदेही रहेको पनि उनले बताए।

उनले देशको डलरको सञ्चिति,आयात, उत्पादन र  औद्योगिक वातावरणलाई कसरी अगाडि बढाउने भन्ने विषयलाईसमेत ध्यानमा राखेर करका दरहरु परिर्वतन गरेको बताए। मन्त्री शर्माले करका दर परिर्वतन गर्दा कुनैपनि मान्छेभित्र नपसेको दाबी गरेका छन्।

'सेनेटरी प्याडमा छुट दिएको सन्दर्भमा गत वर्ष कुनै दर बढाईएको थिएन। नबढाएको करको दरमा माईतीघरमा महिलाहरुको रातो करमा छुट माग गरेका थिए। त्यो बेला  कुनै व्यवसायीहरु आएर बोल्नु भएको थिएन,' उनले भने, 'त्यही भएर आयातको कर घटाएको हो।'