BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै विपक्षी नेकपा एमालेले गर्‍यो संसद बैठक बहिस्कार

२०७९ असार २

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै विपक्षी नेकपा एमालेले गर्‍यो संसद बैठक बहिस्कार
अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै विपक्षी नेकपा एमालेले गर्‍यो संसद बैठक बहिस्कार

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद बहिस्कार गरेको छ। बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै एमाले सांसदहरुले बैठक बहिस्कार गरेका हुन्।

Tata
GBIME
Nepal Life

एमालेले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिलाई समावेश गरी अनधिकृत रुपमा करका दररेट घटबढ गरेको आरोप लगाउँदै आएको छ। एमालेको सो आरोप अर्थमन्त्री जनार्दन शर्माले अस्वीकार गर्दै आएका छन् भने बिहीबार पनि बैठकका क्रममा उनले अस्वीकार गरेका थिए।

बिहीबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको मन्त्रालयसम्बन्धि प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर छलफल गरेरै निर्धारण गरेको बताएका हुन्।

'राजस्वको दरहरु परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रकृयाहरु छन् त्यसमा सम्बन्धित विभागिय प्रमुखहरु र सचिवहरु सहितको कमिटीले त्यसलाई बसेर गर्ने प्रचलन रहेको छ। त्यसअनुसार भएका दररेटहरु प्रति म पूर्ण जिम्मेवार छु जवाफदेही छु। त्यसमा कतै राष्ट्रघात भएको छ या कतै गद्दार भएको छ भने त्यसको सम्पूर्ण जिम्मेवारी लिन म तयार छु यहाँ कुनै राष्ट्रघात भएको छैन,' उनले भनेका थिए।

त्यसपछि एमाले सांसदहरुले अर्थमन्त्रीको राजीनामा माग्दै बैठक बहिष्कार गरेका हुन्। एमालेले सभामुख अग्नि सापकोटाले निर्वाह गरेको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।