BIZMANDU
www.bizmandu.com

बुक बिल्डिङ: ‘रोड सो’ मा सहभागी हुन सर्वोत्तमले बोलायो संस्थागत लगानीकर्तालाई

२०७९ असार २

काठमाडौं। बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपीओ) निष्कासनका लागि सर्वोत्तम सिमेन्ट लिमिटेडले योग्य संस्थागत लगानीकर्तालाई ‘रोड सो’ छलफल कार्यक्रममा सहभागिता जनाउन आह्वान गरेको छ। 

Tata
GBIME
Nepal Life

सर्वोत्तमले बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र योग्य संस्थागत लगानीकर्ताहरुको सहभागितामा विवरणपत्र उपर छलफल कार्यक्रम संचालन गर्नेछ। छलफल कार्यक्रममा सर्वोत्तमले पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण उपलब्ध गराउनेछ। 

योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङ्कनको विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव लगायतका विषयमा छलफल हुनेछ। 

बुक बिल्डिङ प्रणालीमार्फत प्राथमिक सेयर निष्कासन गर्न सर्वोत्तमले  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग बैशाख १४ गते प्रारम्भिक सम्झौता गरेको थियो। 

कार्यक्रम समापन भएको पाँच कार्य दिनभित्र योग्य संस्थागत लगानीकर्ताले लिखित रुपमा खरिद गर्न चाहेको न्युनतम कित्ता संख्या, आशय मूल्य तथा मूल्यांकनको आधार सहित विवरणपत्र सम्बन्धमा सुझाव दिनेछन् । यस्तो आशय पत्र कम्तिमा दश वटा योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त हुनु पर्ने प्रावधान छ।  

सर्वोत्तमले योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट सम्पन्न गरिएको सात कार्य दिन भित्र नेपाल धितोपत्र बोर्डमा संशोधित विवरणपत्र स्वीकृतका लागि पेश गर्नेछ। सो विवरण पत्र बोर्डबाट स्वीकृत भएको सात कार्य दिन भित्र सार्वजनिक जानकारीका लागि आह्वान पत्र प्रकाशन गरिने व्यवस्था छ ।