BIZMANDU
www.bizmandu.com

आदर्श लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला, असार ६ गतेसम्म आवेदन दिन सकिने

२०७९ असार १

आदर्श लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला, असार ६ गतेसम्म आवेदन दिन सकिने
आदर्श लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला, असार ६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं। आदर्श लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आइपीओ) बिक्री खुलाएको छ । कम्पनीले आज असार १ देखि ६ गतेसम्मका लागि साधारण सेयर खरिद आवेदन खुला गरेको हो।  

Tata
GBIME
Nepal Life

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये १ हजार ३५ कित्ता सेयर कर्मचारीले पाउने छन्।

अर्को ३ हजार ३ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ता सेयर मात्र सर्वसाधारणको हातमा पुग्ने छ।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिन्छ। कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल छ।