BIZMANDU
www.bizmandu.com

अप्रिलिया स्ट्रोम १२५ डिस्क भेरियन्टको जुलाइदेखि उत्पादन बन्द हुँदै, साढे २ लाख छ बजार मुल्य

२०७९ जेठ ३०

अप्रिलिया स्ट्रोम १२५ डिस्क भेरियन्टको जुलाइदेखि उत्पादन बन्द हुँदै, साढे २ लाख छ बजार मुल्य
अप्रिलिया स्ट्रोम १२५ डिस्क भेरियन्टको जुलाइदेखि उत्पादन बन्द हुँदै, साढे २ लाख छ बजार मुल्य


काठमाडौं। इटालियन टु ह्विलर ब्रान्ड अप्रिलियाको लोकप्रिय स्कुटर स्ट्रोम १२५ डिस्क ब्रेक भेरियन्ट आगामी जुलाइदेखि उत्पादन नहुने भएको छ।

Tata
GBIME
NLIC

अप्रिलियाको भारतस्थित युनिटले आफ्नो इन्ट्री लेभल अप्रिलिया स्ट्रोम १२५ डिस्क ब्रेक भेरियन्टको उत्पादन जुलाई २०२२ बाट बन्द गर्ने सोमबार घोषणा गरेको छ।

कम्पनीका अनुसार जुलाइदेखि ड्रम ब्रेक भएको स्ट्रोम १२५ स्कुटर मात्र बजारमा उपलब्ध हुने जनाएको छ। कम्पनीले उक्त स्कुटर युरो ६ मापदण्डसहित डिस्क ब्रेक अपडेट भेरियन्टमा सार्वजनिक गरेको थियो। त्यतिबेला अटोमेटिक ब्रेक सिस्टम (एबीएस) को सुविधा उपलब्ध थिएन। अरु सबै मेकानिकल सिस्टम ड्रम ब्रेक भेरियन्ट स्कुटरमा उपलब्ध छन्।

यो स्कुटरमा भएको १२५ सीसी इन्जिनले ९.९२ हर्स पावर र ९.७ एनएम टर्क जेनेरेट गर्न सक्छ। साथै यसमा १२ इन्चको एलोय ह्वील उपलब्ध छ।

नेपालमा  यो स्कुटर दुगड ब्रदर्स एण्ड सन्स प्रालिद्धारा बिक्री वितरण हुँदै आएको छ। यसको मूल्य नेपाली बजारमा २ लाख ४६ हजार रुपैयाँ रहेको छ।