BIZMANDU
www.bizmandu.com

मर्जरको प्रस्ताव पारित गर्न सानिमा जनरलले डाक्यो विशेष साधारण सभा, सभा आउँदो असार १५ गते

२०७९ जेठ ३०

काठमाडौं। सानिमा जनरल इन्स्योरेन्सले मर्जरको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ। सभा आउँदो असार १५ गते धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्बराहीमा १० बजेपछि आरम्भ हुनेछ।

Tata
GBIME
NLIC

सभाले सानिमा जनरल इन्स्योरेन्स अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्नेछ।

यस्तै, मर्जरका लागि आवश्यक प्रक्रिया पुरा गर्न साधारण सभाले कम्पनीको संचालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने विशेष प्रस्ताव समेत अनुमोदन गर्नेछ।

विशेष साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले असार ८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। जस अनुसार उक्त मितिभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउनेछन्।