BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको कर्मचारी तर्फका संचालकमा शंकर लामिछाने निर्वाचित, २११६ मत ल्याउँदै विजयी

२०७९ जेठ २९

नेपाल टेलिकमको कर्मचारी तर्फका संचालकमा शंकर लामिछाने निर्वाचित, २११६ मत ल्याउँदै विजयी
नेपाल टेलिकमको कर्मचारी तर्फका संचालकमा शंकर लामिछाने निर्वाचित, २११६ मत ल्याउँदै विजयी

काठमाडौं। नेपाल टेलिकमको सञ्चालक समितिमा कर्मचारीहरुका तर्फबाट शंकर लामिछाने बोर्ड सदस्यमा निर्वाचित भएका छन्। 

Tata
GBIME
Nepal Life

कर्मचारीहरुको प्रतिनिधित्व गर्ने गरी टेलिकमको सञ्चालकमा एकजना पुग्ने गरेका छन्। 

लामिछाने निकटम प्रतिस्पर्धी यादवप्रसाद पनेरुलाई पराजित गर्दै सञ्चालक बनेका हुन्। लामिछानेले पनेरुलाई ८४८ मतान्तरले पराजित गरेका छन्। लामिछानेले २,११६ मत पाउँदा पनेरुले १,२६८ मत ल्याएका छन्।

आठजना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा लामिछाने र पनेरुबाहेक अरुले निकै कम मत पाएका छन्। 

रञ्जित लोहियाले १५५, बृजेश शर्माले ३८, भावेशकुमार कर्णले ३४, वीरेन्द्रलाल जोशीले २९, सुनिलकुमार मिश्रले १२ र सुभाष साहले ८ मत पाएका छन्।