BIZMANDU
www.bizmandu.com

सहमतिपछि काठमाडौं महानगरपालिकाले कोर सिटीमा हप्तौंदेखि थुप्रिएको फोहोर उठाउन थाल्यो

२०७९ जेठ २७

सहमतिपछि काठमाडौं महानगरपालिकाले कोर सिटीमा हप्तौंदेखि थुप्रिएको फोहोर उठाउन थाल्यो
सहमतिपछि काठमाडौं महानगरपालिकाले कोर सिटीमा हप्तौंदेखि थुप्रिएको फोहोर उठाउन थाल्यो

काठमाडौं। काठमाडौं महानगरपालिकाले भित्री नगरमा थुप्रिएको फोहोर उठाउन सुरु गरेको छ।

Tata
GBIME

गल्ली र चोकमा निकै लामो समयदेखि फोहोर थुप्रिँदा दुर्गन्ध बढ्नुका साथै सुरुवा रोग फैलिन सक्ने अवस्था सिर्जना भएको थियो। 

शुक्रबार बिहान फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडाका स्थानीय जनप्रतिनिधिसँग १८ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापन कार्य सुरु भएको हो।

सहमतिसँगै अब फोहोर ढुवानी राति मात्र हुनेछ। यसका लागि ३ महिनाभित्र बत्ती तथा बाटोको निर्माणको जिम्म महानगरले लिने भएको छ।