BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन प्रतितोला ९७ हजार ७००, चाँदी १२ सय ६५

२०७९ जेठ २७

काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य गिरावट छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ३०० र चाँदी १५ रुपैयाँ रुपैयाँ घटेको हो। 

Tata
GBIME

शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ भएको छ। बिहीबार तोलाको ९८ हजार रुपैयाँमा भएको थियो। 

यस्तै चाँदीको मूल्य शुक्रबार १२ सय ६५ रुपैयाँ भएको छ। बिहीबार मूल्य १२ सय ८० रुपैयाँ थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको शुक्रबार सुन प्रतिऔंस ११४४.७२ डलर छ भने चाँदी प्रतिऔंस २१.६८ डलरमा कारोबार भइरहेको छ।