BIZMANDU
www.bizmandu.com

तीनथरी उद्योगको संरक्षणको माग गर्दै पूर्वका उद्योगी सडकमा, तीन संस्थाले संयुक्त जुलुस निकाले

२०७९ जेठ २६

विराटनगर। पूर्वका तीन व्यावसायिक संस्था र चार ट्रेड युनियनले स्यानिटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित गरी तीन थरीका उद्योगको संरक्षणको माग गर्दै संयुक्त जुलुस प्रदर्शन गरेका छन् ।

Tata
GBIME
Nepal Life

आगामी आर्थिक वर्षको बजेटले तीन थरीका उद्योगलाई धराशायी बनाउन खोजेको आरोप लगाउँदै उद्योग सञ्चालक, कामदार र मजदुरहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनको आयोजना मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ, नेपाल उद्योग परिसङ्घ (सिएनआई) प्रदेश नम्बर १ तथा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एससमर्थित चार ट्रेड युनियनले संयुक्त रूपमा गरेका थिए ।

बिहीबार मध्याह्न साढे ११ बजे बुढीगङ्गा गाउँपालिकामा पर्ने धरान–विराटनगर सडक खण्ड छेउको हुलास वायर इन्डस्ट्रिजबाट निस्किएको जुलुसलाई स्थानीय औद्योगिक क्षेत्रको परिक्रमा गराइएको थियो ।

अन्त्यमा हुलास वायरको अगाडि आएर जुलुस कोणसभामा परिणत भएको थियो ।