BIZMANDU
www.bizmandu.com

केडिया समूहको महावीर होल्डिङ्सको कारोबार १.६५ अर्ब पुग्यो, ७७ करोड ऋण लिँदै

२०७९ जेठ २५

केडिया समूहको महावीर होल्डिङ्सको कारोबार १.६५ अर्ब पुग्यो, ७७ करोड ऋण लिँदै
केडिया समूहको महावीर होल्डिङ्सको कारोबार १.६५ अर्ब पुग्यो, ७७ करोड ऋण लिँदै


काठमाडौं। केडिया समूहको महावीर होल्डिङ्स प्रालिले एक अर्ब ६५ करोड २१ लाख रुपैयाँको कारोबार गरेको छ। 

Tata
GBIME
Nepal Life

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार अघिल्लो वर्ष २०२० को तुलनामा २०२१ मा कम्पनीको व्यापार ४३ लाख ५६ हजार रुपैयाँले बढेको छ।
२०२० मा कम्पनीले एक अर्ब २१ करोड ६५ लाख रुपैयाँको व्यापार गरेको थियो। 

२०१९ मा एक अर्ब १३ करोड १९ लाख रुपैयाँ र २०१८ मा ५६ करोड ४२ लाख रुपैयाँको व्यापार गरेको थियो। कम्पनीले दाल र गेडागुडी आयात गरी प्रशोधन गर्दै बिक्री गर्ने गरेको छ। यशोधा र उत्तम ब्राण्डमा कम्पनीले बिक्री गर्ने गरेको छ। 

एक करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीको अध्यक्ष रतनलाल केडिया हुन्। कम्पनीले ७७ करोड रुपैयाँको अल्पकालीन बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। इक्रा नेपालले महावीर होल्डिङले लिने कर्जाका लागि एनपी ए फोर रेटिङ दिएको छ।