BIZMANDU
www.bizmandu.com

केपी ओलीका पालामा नियुक्त भएका डीमप्रकाश ६ महिना बेतलबी, त्यसपछि बर्खास्त

२०७९ जेठ २४

केपी ओलीका पालामा नियुक्त भएका डीमप्रकाश ६ महिना बेतलबी, त्यसपछि बर्खास्त
केपी ओलीका पालामा नियुक्त भएका डीमप्रकाश ६ महिना बेतलबी, त्यसपछि बर्खास्त


काठमाडौं। केपी शर्मा ओली सरकारको पालामा नियुक्त भएका नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डीमप्रकाश पौडेल बर्खास्त भएका छन्। नयाँ सरकार आएपछि पौडेललाई पर्यटन मन्त्रालय तान्दै निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको थियो।

Tata
GBIME
Nepal Life

पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयमा पौडेललाई वित्तीय विज्ञको जिम्मेवारी दिएका थिए। तर उनले ६ महिनाको अवधिमा कुनै काम गरेनन्। उनले मासिक तलबसमेत बुझेनन्।

'मलाई वित्तीय विज्ञको जिम्मेवारी दिइए पनि काम गर्न दिइएन। म कहिलेकाँही हाजिर गर्न जान्थे। त्यही भएर गत असारदेखि मैले तलब समेत लिएको छैन,' उनले भने। उनी एमडी भएपछि निगमलाई कम्पनी मोडलमा लैजाने तयारी थालेका थिए। कम्पनी मोडलमा लैजाने निर्णयको निगमभित्रको कर्मचारी युनियन विरोधमा उत्रिए। उनलाई कार्यकक्षमा समेत जान दिइएन।

पौडेलले निगम पुनर्संरचना गर्दै ५१ प्रतिशत सेयर सरकारले राखेर अरु डाइभेष्ट गर्ने तयारी अगाडि बढाएका थिए। तात्कालिन सरकारकै योजना अनुसार यो प्रक्रिया अगाडि बढेको थियो। निगमको ३० प्रतिशत सेयर विदेशी, पाँच प्रतिशत सेयर कर्मचारी र १४ प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेर निगमलाई अगाडि बढाउनुपर्ने सुझाव दिइएको थियो।

निगमको प्रमुख कार्यकारी अधिकृत खुला प्रतिस्पर्धाबाट ल्याउनुपर्ने सुझाव दिएका थिए। अहिलेे निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको महँगो ऋणलाई विदेशी बैंकबाट तीन प्रतिशतभन्दा कममा ल्याउन सकिने सुझाव उनले तात्कालिन सरकारलाई दिएका थिए। योसँगै आन्तरिक उडानमा निजी क्षेत्रको एकाधिकार रोक्न कम्तीमा चारवटा एटीआर, चार ट्‍वीन अटर र चार न्यारोबडी ल्याउन पौडेलले सुझाव दिएका थिए।