BIZMANDU
www.bizmandu.com

तरलता अभावले छैन गाडीको व्यापार, गाडीले भरिन थाल्यो वीरगंज सुख्खा बन्दरगाहको यार्ड (फोटोफिचर)

२०७९ जेठ २२

तरलता अभावले छैन गाडीको व्यापार, गाडीले भरिन थाल्यो वीरगंज सुख्खा बन्दरगाहको यार्ड (फोटोफिचर)
तरलता अभावले छैन गाडीको व्यापार, गाडीले भरिन थाल्यो वीरगंज सुख्खा बन्दरगाहको यार्ड (फोटोफिचर)


काठमाडौं। तरलता अभावका कारण ऋण नपाएका कारण सवारी साधनको बिक्री प्रभावित भएको छ। सवारी साधनको बिक्री कम भएका कारण वीरगंज भन्सार अन्तर्गतको सिर्सिया सुख्खा बन्दरगाहमा सयौं सवारी साधन होल्ड भएको छ।

Tata
GBIME
NLIC

विभिन्न कम्पनीका नेपालका अधिकृत बिक्रेताले आयात गरेका सवारी साधन बन्दरगाहमा राखिएका छन्। ती कम्पनीले ग्राहकको माग अनुसार भन्सार जाँचपास गराएर ती गाडीहरु ल्याउने गर्छन्।

बन्दरगाहमा कर्मसियल भेहिकल र प्यासेन्जर भेहिकल दुबै छन्। सरकारले चालु आर्थिक वर्षका लागि प्यासेन्जर भेहिकलमा भने पूर्ण प्रतिवन्ध लगाएको छ। कोभिडपछि कमर्सियल भेहिकलको समेत बिक्रीमा ठूलो गिरावट आएको छ।

 


 फोटो: सन्तोष निरा