BIZMANDU
www.bizmandu.com

सगरमाथा फेदीमा ७ वर्ष लगाएर तयार भयो मनमोहक इन्नोभेसन सेन्टर, आगन्तुकलाई खुला, यस्तो छ हेर्नुस्

२०७९ जेठ १९

सगरमाथा फेदीमा ७ वर्ष लगाएर तयार भयो मनमोहक इन्नोभेसन सेन्टर, आगन्तुकलाई खुला, यस्तो छ हेर्नुस्
सगरमाथा फेदीमा ७ वर्ष लगाएर तयार भयो मनमोहक इन्नोभेसन सेन्टर, आगन्तुकलाई खुला, यस्तो छ हेर्नुस्


काठमाडौं। सगरमाथा क्षेत्रको स्याङ्बोचे (सोलुखुम्बु) मा 'सगरमाथा नेक्स्ट' नामको इन्नोभेसन सेन्टर (नवप्रवर्तन केन्द्र) संचालनमा आएको छ। 

Tata
GBIME
Nepal Life

३,७७५ मिटरको उचाइमा रहेको यो नवप्रवर्तन केन्द्र करिब सात वर्ष लगाएर तयार पारिएको हो। लगभग सात वर्षको योजना र निर्माणपछि गत २३ मेबाट यो  केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको सगरमाथा नेक्स्टका सह-संस्थापक वरुण सराफ र टमी गुस्टाफसनले बताएका छन्।

हिमालयन म्युजियम एण्ड सस्टेनेबल पार्कले केन्द्रको उद्घाटन समारोह आयोजना गरेको थियो । कार्यक्रममा सोनम ग्याल्टजेन (संसद), अरुण सराफ (सराफ फाउण्डेसन), रेनहोल्ड मेसनर (प्रसिद्ध पर्वतारोही), फुर्वा टासी (२१ पटक सगरमाथा आरोहण गरिसकेका स्थानीय पर्वतारोही) प्रमुख अतिथि थिए । कार्यक्रममा खुम्बु क्षेत्रका (खुम्जुङ, खुन्दे, नाम्चे, फोर्टसे, थामे, थामोलगायत) का तीन सयभन्दा बढी स्थानीय बासिन्दाको सहभागिता थियो।

सगरमाथा नेक्स्ट हिमालहरूको पुनर्स्थापना, फोहोर व्यवस्थापनका चुनौतीहरूलाई सम्बोधन गर्न र राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन प्रवर्द्धन गर्न समर्पित केन्द्र भएको जनाइएको छ।

सगरमाथा नेक्स्टमा हिमालबाट संकलन हुने फोहोरलाई सुन्दर कला तथा डिजाइनका उत्पादनहरूमा परिणत गर्दै स्थानीय बासिन्दाहरूको लागि उद्यमशीलता र सिर्जनशीलतातर्फ आशा सिर्जना गर्ने उद्देश्य रहेको यसका सह-संस्थापकद्वय बताउँछन्।

यस केन्द्रमा डिजिटल टच स्क्रिनहरू तथा र भीआर हेडसेटहरू सहितको एउटा अन्तरक्रियात्मक प्रदर्शनी हल समेत छ। यहाँ आगन्तुकहरूले पर्वतारोहण, संस्कृति र क्षेत्रहरूको चुनौतीहरूबारे बुझ्न र खुम्बु बरफमा हिंडेको अनुभव लिन सक्नेछन्।

साथै केन्द्रमा रहेको फिल्म सैलुनमा दुईवटा फिल्महरू छन्, जसलाई दर्शकहरूले बसेर हेर्न सक्छन्। वेस्ट ल्याबमा अपसाइक्लिङ कार्यशालाहरू पनि छन्, जहाँ कलाकारहरू र डिजाइनरहरूले उनीहरूको नवीन पक्ष अन्वेषण गर्न सक्नेछन्। यसबाहेक केन्द्रमा सप बाइ मोवेर र एउटा क्याफे पनि छ।

सगरमाथा नेक्स्टले सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसि) लाई समर्थन गर्दै स्थानीय तथा आगन्तुकहरूलाई उनीहरूको वातावरणीय फुटप्रिन्टबारे सचेत गराउने र समाधानको हिस्सा बन्ने अवसर प्रदान गर्ने आशा राखेको सह-संस्थापकद्वय बताउँछन्।