काठमाडौं। पद अनुसार तलब भिन्नता कायम गर्न प्रतिशतमा तलब वृद्धि गरिएको सरकारले प्रष्टीकरण दिएको छ। दक्षिण एसियामै उपल्लो तह र तल्लो तहको तलबमान अन्तर बढाउन प्रतिशतमा तलब बढाइएको प्रष्टीकरण आएको हो।
अर्थ सचिव मधुकुमार मराशिनीले कर्मचारीको पद अनुसार तलबमान अन्तर कायम गर्न प्रतिशतमा तबल बढाएको उल्लेख गरे। सचिव मरासिनीले भने ‘सोलोडोलो तलब बढाउँदा तलब अन्तर कम हुने भयो अन्तर कायम राख्नका लागि प्रतिशतमा तलब बढाइएको हो।’
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै तहको कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिएको छ। यसरी तलब वृद्धि गर्दा कम तलब हुनेको थोरै र बढि तलब हुनेको धेरै तलब बढ्ने गर्दछ।
चालु आर्थिक वर्षमा सरकारले सबै तहका कर्मचारीलाई २ हजार भत्ता वृद्धि गरेको थियो। यो भत्तालाई चालु वर्षको बजेटबाट तलबमा नैं समावेश गरिएको छ।