BIZMANDU
www.bizmandu.com

बीमा समितिले माग्यो करारमा कृषि अधिकृत, सात दिनभित्र निवेदन दिन सकिने 

२०७९ जेठ १८

काठमाडौं। बीमा समितिले एक जना कृषि अधिकृतको पदपूर्ति गर्ने भएको छ। करार सेवामा नियुक्त गर्न लागेको हो।  

Tata
GBIME
Nepal Life

नियुक्तिका लागि समितिले रोस्टर तयार  गर्न लागेको  बताइएको छ। उक्त पदका लागि इच्छुक व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि विज्ञान विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने शैक्षिक योग्यताको मापदण्ड समितिले बनाएको छ । 

योग्यता पुगेका नेपाली नागरिकले सात दिन भित्रमा आफ्नो व्यक्तिगत विवरण, कार्य अनुभव, नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र सहितको निवेदन समितिको इमेल ठेगाना तथा समितिको कार्यालयमा पेस गर्नुपर्ने जनाएको छ  ।