BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया लघुवित्तले ५० हजार कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्री गर्दै

२०७९ जेठ १८

काठमाडौं। एनआइसी एसिया लघुवित्तले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको संस्थापक सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको हो। 

Tata
GBIME
NLIC

उक्त सेयर खरिद गर्न योग्य इच्छुक एनआइसी एसिया क्यापिटलका विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्। 

बोलपत्र आवेदन फाराम एनआइसी एसिया क्यापिटलबाट १०० रुपैयाँ भुक्तानी गरी प्राप्त गर्न सकिन्छ। सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिन सकिने लघुवित्तले जनाएको छ।

यस्तै सेयर खरिदका लागि न्यूनतम मूल्य ४२५ रुपैयाँ निर्धारण गरिएको छ। आवेदन दिदा उक्त मूल्य भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ। उक्त मूल्य भन्दा कम मूल्य अंकित गरी पेस गरेमा आवेदन स्वतः रद्द हुने क्यापिटलले जनाएको छ।