काठमाडौं। सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त भएका छन्। यसअघि उनी बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा काम गर्दै आएका थिए।
सोमबार बसेको संचालक समिति बैठकले उनलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
उनीसँग बैंकिङ क्षेत्रमा २१ वर्ष काम गरेको अनुभव छ। उनले नेपाल बंगलादेश बैंकबाट करियर सुरु गरेका थिए। त्यसपछि एनसीसी, मेगा र प्रभु बैंकमा समेत काम गरेको अनुभव छ। उनी चार वर्षदेखि सिभिलमा काम गर्दै आएका थिए।