BIZMANDU
www.bizmandu.com

औषधि उत्पादक टाइम फर्मास्युटिकल्सको कारोबारमा १५% को वृद्धि, व्यापार ७९ करोडमाथिको

२०७९ जेठ १७

औषधि उत्पादक टाइम फर्मास्युटिकल्सको कारोबारमा १५% को वृद्धि, व्यापार ७९ करोडमाथिको
औषधि उत्पादक टाइम फर्मास्युटिकल्सको कारोबारमा १५% को वृद्धि, व्यापार ७९ करोडमाथिको



काठमाडौं। टाइम फर्मास्युटिकल्स प्रालिले २०२१ मा ७९ करोड ११ लाख रुपैयाँको व्यापार गरेको छ। कम्पनीले अघिल्लो वर्ष २०२० को तुलनामा १५ प्रतिशतले कारोबार वृद्धि गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। 

Tata
GBIME

एन्टिबायोटिक, एन्टिकोल्ड, सप्लिमेन्ट्स्, एनलजेसिक र एन्टिडायबेटिक औषधि उत्पादन र बिक्री गर्ने टाइम फर्मासुटिकल्सले २०२० मा ६८ करोड ६३ लाख रुपैयाँको कारोबार गरेको छ। 

सन् १९९७ देखि संचालनमा रहेको यो औषधि उत्पादन गर्ने पुरानो कम्पनीको रुपमा चिनिन्छ। २०१९ मा ६६ करोड ३८ लाख रुपैयाँ व्यापार गरेको कम्पनीले २०१८ मा ७२ करोड र २०१७ मा ६५ करोड ९१ लाखको कारोबार गरेको थियो। 

कोरोना महामारीका कारण २०१९ र २०२० मा कम्पनीको कारोबारमा असर परेको बताइएको छ। इक्रा नेपालका अनुसार २०२१ मा कम्पनीका शीर्ष १० ग्राहकहरुले कुल आम्दानीको २१ प्रतिशत योगदान गरेका छन्।   

कम्पनीले जी नारायण बहादुर क्षेत्रीको १० प्रतिशत सेयर स्वामित्व छ। उनी कम्पनीको कार्यकारी अध्यक्ष तथा निर्देशक हुन्। बाँकी सेयर भने विभिन्न ४० जना व्यक्तिहरुसँग छ। कम्पनीसँग देशभर दुई सयभन्दा बढी वितरक छन्।

कम्पनीलाई इक्रा नेपालले ६१ करोड ५० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। इक्रा नेपालले ३ करोड २७ लाख रुपैयाँ र चार करोड रुपैयाँ (प्रस्तावित) दीर्घकालीन कर्जाका लागि 'एल ट्रीपल बी माइनस' रेटिङ दिएको छ। ५४ करोड २० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि कम्पनीलाई ए थ्री रेटिङ इक्रा नेपालले दिएको छ।