BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री शर्माले भने-‘बजेटको आकार कम गर्ने प्रयास गरेका छौं, चुनाब लक्षित कार्यक्रम छैन’

२०७९ जेठ १६

अर्थमन्त्री शर्माले भने-‘बजेटको आकार कम गर्ने प्रयास गरेका छौं, चुनाब लक्षित कार्यक्रम छैन’
अर्थमन्त्री शर्माले भने-‘बजेटको आकार कम गर्ने प्रयास गरेका छौं, चुनाब लक्षित कार्यक्रम छैन’

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले चुनाबलाई लक्षित गरेर बजेट नल्याइएको जिकिर गरेका छन्। 'यो चुनाबी बजेट होइन। कतिपय भइरहेका सेवा सुविधा दिइरहेका छौं,' उनले अर्थमन्त्रालयमा आयोजित बजेटपछिको पत्रकार सम्मेलनमा भने।

Tata
GBIME

शर्माले बजेटको आकार पनि कम गर्ने प्रयास गरेको दाबी गर्दै वैदेशिक सहायता र ऋण घटाइएको बताए।

उनले किसान पेन्सन कार्यक्रम चुनाबका लागि नभई उत्पादनलाई लक्षित गरेर ल्याइएको बताए।