BIZMANDU
www.bizmandu.com

जागिरेलाई राहत: सरकारले बढायो आयकरको सीमा, अब ६ लाखसम्म एक प्रतिशत मात्र कर लाग्ने

२०७९ जेठ १५

काठमाडौं। सरकारले आयकरको सीमा बढाएको छ।

Tata
GBIME
Nepal Life

एकललाई ५ लाख र दम्पतिको हकमा ६ लाखसम्म एक प्रतिशत मात्र कर लाग्ने छ।

यसअघि एकलको हकमा ४ लाख र दम्पतिको हकमा साढे चार लाख थियो।

यो कर साउन १ गतेदेखि लागू हुने छ। बीमा प्रिमियमबाट कर छुट हुने सीमा पनि बढाएको छ। २० हजारको सीमालाई ४० हजार पुर्याएको छ।

त्यसभन्दा माथि १०, २०, ३० हुँदै ३६ प्रतिशतसम्म करको व्यवस्था छ। आय करको सीमा एक लाख वृद्धिपछि एकलले ५ लाखसम्म र दम्पतीले साढे ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत मात्र कर तिरे पुग्छ।