BIZMANDU
www.bizmandu.com

उपत्यकामा चल्ने सार्वजनिक यातायात विद्युतीकरण गरिने, विद्युतीय भुक्तानीको व्यवस्था

२०७९ जेठ १५

काठमाडौं। काठमाडौंमा संचालन भएका सार्वजनिक यातायातलाई विद्युतीकरणतर्फ रुपान्तरण गरिने भएको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि उपत्यकामा संचालन हुने सार्वजनिक सवारी सबै विद्युतीकरण गरिने बताए।

सवारी प्रदुषण मापनका लागि स्वाचालित प्रविधिको विकास गर्ने र स्थापना गरिने भएको छ। यसका लागि आवश्यक वजेट विनियोजन भएको छ।

प्रमुख सहरहरुमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाइने भएको छ। यसका लागि सरकारले आवश्यक पूर्वाधारको निर्माणको समेत व्यवस्था गरिने भएएको छ।