BIZMANDU
www.bizmandu.com

पर्यटन क्षेत्र विस्तारका लागि नौ अर्ब ३८ करोड रुपैयाँ बजेट, होटललाई नवीकरण र इजाजत दस्तुर नलिने

२०७९ जेठ १५

पर्यटन क्षेत्र विस्तारका लागि नौ अर्ब ३८ करोड रुपैयाँ बजेट, होटललाई नवीकरण र इजाजत दस्तुर नलिने
पर्यटन क्षेत्र विस्तारका लागि नौ अर्ब ३८ करोड रुपैयाँ बजेट, होटललाई नवीकरण र इजाजत दस्तुर नलिने

काठमाडौं। सरकारले पर्यटन क्षेत्र विस्तारका लागि नौ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले आगामी आर्थिक वर्षमा समेत कोभिड-१९का कारण प्रभावित भएको होटल उद्योगलाई आर्थिक वर्षभर नवीकरण र इजाजत बापतको दस्तुर नलिने भएको छ।

Tata
GBIME

यसैगरी सरकारले २१६ वटा पर्यटकीय क्षेत्रको पुर्वाधार विस्तारका लागि ९० करोड रुपैयाँ विनियोजन गरेको छ। उच्च हिमाली क्षेत्र अन्तर्गत पुर्व देखि पश्चिमतर्फको ग्रेट हिमालय ट्रेल निर्माणका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ।

सरकारले हिमाल आरोहीको क्षेत्र मानिदै आएको सगरमाथा क्षेत्रमा संग्राहालय निर्माण सँगै पाँच सय भन्दा बढी पुरानो हिमाली गुम्बाको मर्मत संभार गर्ने जनाएको छ।

लिम्बु, थारु, हायु, मिथिला लगायत आधुनिकता नछोएको गाउँ र रहनसहना भएको क्षेत्रलाई प्राथमिकता दिई पर्यटन प्रवर्द्धन गर्ने योजना बजेेटमा छ।

यसैगरी सरकारले काठमाडौंमा नेवार, पोखारामा गुरुङ जातीको संग्राहलय निर्माण गर्ने बजेटमा समेटिएको छ। सरकारले निजी क्षेत्रसँगको सहकार्यमा मुक्तिनाथ र विरेठाँटी जोड्ने केबुलकार संचालनमा ल्याउने योजना बजेटमा छ। एकैठाउँमा सबै धर्मका मुर्ति दर्शनका लागि एउटै संग्रहालय निर्माण गरिने योजना रहेको जनाइएको छ।

आगामी आर्थिक वर्षमा १० लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको जनाइएको छ।