BIZMANDU
www.bizmandu.com

आगामी आर्थिक वर्ष रासायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन, पर्याप्त होला?

२०७९ जेठ १५

काठमाडौं।आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्दै अर्थमन्त्री  जनार्दन  शर्माले रासायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको  बताएका छन्।

Tata
GBIME

आगामी वर्षमा  खेती लगाउने समयमा रासायनिक मलको सुनिश्चित गर्न रासायनिक मल खरिदका लागि  बजेटमा   १५ अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताए। 

गत वर्ष  रासायनिक मलको लागि सरकारले करिब १२ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

यसैगरी  ग्रीन होइड्रोजन र ग्रीन एमोनिया प्रविधि प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्ड मार्फत कार्य अघि बढाइने पनि अर्थमन्त्री शर्माले बताए।