BIZMANDU
www.bizmandu.com

फिफा वर्ल्डकपका लागि कतार एयरवेजले सार्वजनिक गर्‍यो तालिका, दोहाबाट १३ देशतर्फ उडान हुने

२०७९ जेठ १२

फिफा वर्ल्डकपका लागि कतार एयरवेजले सार्वजनिक गर्‍यो  तालिका, दोहाबाट १३ देशतर्फ उडान हुने
फिफा वर्ल्डकपका लागि कतार एयरवेजले सार्वजनिक गर्‍यो तालिका, दोहाबाट १३ देशतर्फ उडान हुने

काठमाडौं। विश्वकप सुरु हुन छ महिना बाँकी रहँदा कतार एयरवेजले आफ्नो तयारी सुरु गरिसकेको छ। यो कम्पनीले विभिन्न मुलुकबाट विश्वकप हेर्न  कतार जाने दर्शक लक्षित उडान तालिका बनाइसकेको जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले हाल विभिन्न १३ देशहरुतर्फको उडान तालिका सार्वजनिक गरेको हो। विश्वकप हेर्न कतार जाने दर्शकका लागि कम्पनीले आउँदो नोभेम्बर १७ तारिखदेखि डिसेम्बर २० तारिखसम्मको उडान तालिका तयार गरिसकेको छ।

कम्पनीले यो अवधिभर बोइङ ७७७, एयरबस ३५०, बोइङ ७८७, एयरबस ३३० लगायत विभिन्न सिरिजको जहाजमार्फत आम्सटर्डम, एटलान्टा, बार्सिलोना, बर्लिन, बोस्टोन, ब्रिसबेन, डल्लास, दुबई, लण्डन, लस एन्जल्स, मियामी, पेरिस, साओपाओलो, जुरिच लगायतका गन्तब्यका लागि उडान तालिका सार्वजनिक गरेको हो।

हालै अर्जेन्टिनाको एरोलिनियासले विश्वकपमा प्रयोग हुने फुटबल ढुवानीका लागि कार्गो चार्टर उडान गरिसकेको छ। यतिखेर अर्जेन्टिनाको वायुसेवा कम्पनीले छ वटा उडानको योजना बनाएको छ। यो कम्पनीले एयरबस ३३० सिरिजको जहाज उडान गर्ने जनाएको छ।

फिफा वर्ल्डकप विश्वकै ठूलो अन्तर्राष्ट्रिय खेल प्रतियोगिता हो। यस अघि सन् २०१८मा आयोजित यो खेलमा विश्वभरका ३० लाख दर्शकको सहभागिता रहेको थियो।

आउँदो नोभेम्बर र डिसेम्बरमा कतारमा आयोजना हुन गइरहेको खेलमा कतार एयरवेज र फिफाबीच सहकार्यको सम्झौता भइसकेको छ।