BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकको नायव प्रमुख कार्यकारीमा सन्तोष राठीको बढुवा, २० वर्षको बैंकिङ अनुभव

२०७९ जेठ १०

एनआइसी एसिया बैंकको नायव प्रमुख कार्यकारीमा सन्तोष राठीको बढुवा, २० वर्षको बैंकिङ अनुभव
एनआइसी एसिया बैंकको नायव प्रमुख कार्यकारीमा सन्तोष राठीको बढुवा, २० वर्षको बैंकिङ अनुभव

काठमाडौं। एनआईसी एशिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी बढुवा भएका छन्। बैंकको जेठ ८ को सञ्चालक समितिको बैंठकले राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो। 

Tata
GBIME

उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए। उनको बढुवा आगामी साउन १ गतेदेखि लागू हुने छ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपालको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट उनले एनआइसीमा करियर सुरु गरेका हुन्। विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका हुन्। 

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधीकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता राठीसँग रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

बैंकिङ क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।