BIZMANDU
www.bizmandu.com

पूर्व-पश्चिम रेलमार्गको पूर्वतयारी सक्ने, उपत्यकामा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन

२०७९ जेठ १०

काठमाडौं। सरकारले आगामी वर्ष राष्ट्रिय गौरवको पूर्व-पश्चिम (९४५ किमी)  विद्युत रेलमार्गको निर्माण अघिको पूर्वतयारी सक्ने योजना बनाएको छ। 

Tata
GBIME
Nepal Life

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्व-पश्चिम विद्युतीय रेलमार्गको पूर्वतयारी पूरा गर्ने बताइन्। त्यसैगरी उपत्यकामा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिन्।

रसुवागढी-काठमाडौं र रक्सौल- काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गर्ने लक्ष्य लिइएको छ। चीन जोड्ने रसुवागढी-काठमाडौं रेलमार्ग करिब ७२ किमी छ। जसको  पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ। भारत जोड्ने रक्सौल काठमाडौं रेलमार्ग करिब १४२ किमी पर्छ जसको पूर्वसम्भाव्यता अध्ययन सकेर विस्तृत अध्ययन सुरु गरिएको छ।

नदी प्रणालीमा आन्तरिक जल यातायातको विकास गरिने उल्लेख छ। केबलकार निर्माण र रोपवे निर्माणलाई प्राथमिकता दिइने भएको छ।