BIZMANDU
www.bizmandu.com

सेयर बजारमा खरीदकर्ता हावी हुँदा नेप्से दोहोरो अंकले बढ्यो, एक अर्ब रुपैयाँमाथिको कारोबार

२०७९ जेठ १०

काठमाडौं। सेयर बजारमा खरीदकर्ताको हावी हुँदा मंगलबार बजार दाहोरो अंकले बढेको छ। गत साताको सुरुवातबाटै निरन्तर ओरालो लागेको सेयर बजार सोमबार ३२२७ अंकको बुलयताकै न्यून विन्दु २२००.८८ मा पुगेको थियो। 

Tata
GBIME
Nepal Life

तर घटेको बजारमा लगानीकर्ताको तिब्र आकर्षण देखिएपछि मंगलबार नेप्से दोहोरो अंकले बढेको हो। आज नेप्से परिसूचक १६.३२ अंकले बढेर २ हजार २१७.१९ बिन्दुमा पुगेको छ। सेन्सेटिभ पनि ३.६२ अंकले बढेको छ। 

आज कारोबारमा आएका १३ उपसूचक मध्ये ११ उपसमुह बढेका छन् भने म्यूचुअल फन्ड र ट्रेडिङ उपसमुह घटेको छ। सेयर बजारमा अत्याधिक प्रभावशाली विकास बैंक १.४१ प्रतिशत र फाइनान्स १.७६ प्रतिशतले बढेको छ। 

मंगलबार कारोबारमा आएका २२४ कम्पनीको ३१ लाख ७३० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँ बढीको कारोबार भएको छ। 

नेप्सेका अनुसार कारोबारमा आएका कम्पनी मध्ये १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। 

आज लक्ष्मी लघुवित्त वित्तीय संस्था र अपर तामाकोशी हाइड्रोपावरले ५ प्रतिशत भन्दा धेरै कमाएका छन्। यस्तै हिमालयन उर्जा विकास कम्पनी, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशत भन्दा धेरै कमाएका छन्। 

यसैगरी कर्पोरेट डेभलपन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। लगानीकर्ताले १० प्रतिशत गुमाएका हुन्। 

यस्तै आज एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ। बैंकको ४ करोड ८४ लाख बढीको कारोबार भएको हो।