BIZMANDU
www.bizmandu.com

नबिल बैंकको २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्र किन्न पाउने

२०७९ जेठ ५

काठमाडौं। नबिल बैंकले आफ्ना केही संस्थापक सेयरधनीहरुको नाममा भएको संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

Tata
GBIME
Nepal Life

बैंकले संस्थापक सेयरधनी अशोककुमार अग्रवाल, त्रिलोकचन्द्र अग्रवाल र तुलसीराम अग्रवालको नाममा रहेको २८ लाख ५८९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । 

अग्रवाल सेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले बिक्री खुलाएको हो । जसमध्ये अशोकको नाममा रहेको ९ हजार ४२८ कित्ता, त्रिलोकको १० हजार ९५१ कित्ता र तुलसीरामको नाममा रहेको ८ हजार २१० कित्ता संस्थापक सेयर बिक्री गरिने भएको हो । 

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।  

उक्त समयसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरे सो सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने बताइएको छ ।