काठमाडौं। नेपाल फाइनान्स लिमिटेडले आउँदो शुक्रबारदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँबराबरको ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
फाइनान्सले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर ०.७० कित्ताको अनुपातमा आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर दिन लागेको छ।
गत कात्तिक १ मा धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको नेपाल फाइनान्सले मंगलबार ८ चैतमा हकप्रद जारीका लागि स्वीकृति पाएको थियो।
कम्पनीका विद्यमान सेयरधनीहरुले हकप्रदका लागि आगामी शुक्रबार जेठ ६ देखि २६ सम्म बैंकिङ समयभित्र आवेदन दिन सक्ने छन्।
फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडेड रहेको छ।