BIZMANDU
www.bizmandu.com

सेयर निष्कासन अनुमति माग्न जानेको सेबोनमा ताँती, थपियो ७३ करोडभन्दा बढीको आईपीओ आवेदन

२०७९ जेठ ४

सेयर निष्कासन अनुमति माग्न जानेको सेबोनमा ताँती, थपियो ७३ करोडभन्दा बढीको आईपीओ आवेदन
सेयर निष्कासन अनुमति माग्न जानेको सेबोनमा ताँती, थपियो ७३ करोडभन्दा बढीको आईपीओ आवेदन

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोनमा) मा सेयरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को माग गर्दै निवेदन पेश गर्ने कम्पनीको ताँती लागेको छ। बोर्डकाअनुसार पछिल्ला केही दिनयता दिनहुँजसो आईपीओका लागि कम्पनीहरुको निवेदन आउन थालेको छ।

Tata
GBIME
Nepal Life

सेबोनले बुधबार ४ जेठमा मात्र तीन कम्पनी सेयर जारी अनुमतिको पाइपलाइनमा थपिएको जानकारी दिएको छ। यसमा माया खोला हाइड्रोपावर, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड रहेका छन्।

यी जलविद्युत कम्पनीहरुले बोर्डबाट आईपीओ निष्कासनको अनुमती पाएपछि ७३ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको ७३ लाख १२ हजार १६० कित्ता सेयर जारी गर्नेछन्। 

यसमध्ये माया खोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर जारीका लागि आवेदन दिएको छ। यसले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। प्रभु क्यापिटललाई नै बिक्री प्रबन्धक नियुक्त गरेको मकर हाइड्रोपावरले अनुमति पाएपछि २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निकाल्ने आवेदनमा उल्लेख गरेको छ।

यस्तै, भुगोल इनर्जीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँबराबरको १६ लाख २३ हजार १६० कित्ता आईपीओका लागि अनुमति मागेको छ। कम्पनीले एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यी जलविद्युत कम्पनीहरुमध्ये आईपीओ निष्कासनको अनुमति माग्दै भुगोल इनर्जीले चैत्र २ मा, मकर हाइड्रोपावरले वैशाख ८ मा र माया खोला हाइड्रोपावरले वैशाख २८ मा बोर्डमा आवेदन दिएका हुन्।