BIZMANDU
www.bizmandu.com

जजिरा एयरले गौतम बुद्ध विमानस्थलबाट टिआईएभन्दा २०% सस्तोमा उडाउने, २६४०० रुपैयाँमा कुवेत

२०७९ जेठ ४

जजिरा एयरले गौतम बुद्ध विमानस्थलबाट टिआईएभन्दा २०% सस्तोमा उडाउने, २६४०० रुपैयाँमा कुवेत
जजिरा एयरले गौतम बुद्ध विमानस्थलबाट टिआईएभन्दा २०% सस्तोमा उडाउने, २६४०० रुपैयाँमा कुवेत

काठमाडौं। कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल (जीआईए) मार्फत आउजाउ गर्ने यात्रुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) को भन्दा २० प्रतिशत सस्तो भाडादरमा सेवा दिने भएको छ।

Tata
GBIME
Nepal Life

हाल काठमाडौं-कुवेत रुटका लागि जजिराको न्युनतम भाडा ३३ हजार रुपैयाँ छ। भैरहवा-कुवेत रुट भएर आउजाउ गर्दा भने यसमा २० प्रतिशत अर्थात् ६६०० रुपैयाँ कम (२६४०० रुपैयाँ) मा यात्रा गर्न सकिने यस वायुसेवाको जीएसए सोसाइटी ट्राभलका रवी चन्द्र सिंहले बताए।

दुई वर्षअघि टिआईएमार्फत सेवा सुरु गरेर नेपाली आकाशमा छिरेको जजिराले गत सोमबारबाट जीआईएमा आफ्नो नियमित सेवा सुरु गरिसकेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) सोमबार नै उद्घाटन भएर औपचारिक रुपमा संचालनमा आएको हो।

जजिराले हाल भैरहवाबाट साताको तीनवटा उडान गर्नेछ। साथै, निकट भविष्यमै यो संख्यालाई सात पुर्‍याउने योजना रहेको जीएसए सोसाइटी ट्राभलका अध्यक्ष सिंहले जानकारी दिए।

कम्पनीले नेपालको लागि नयाँ रुटमा सुरु गरेको नियमित उडानले तराई क्षेत्रका नेपालीका साथै विदेशी पर्यटकहरुलाई नेपाल आउजाउमा थप सहज बनाउने जजिरा एयरवेजका उपाध्यक्ष रविल्द्रन भाराथनले बताए।

मध्यपूर्वको पहिलो पब्लिक वायुसेवा कम्पनी जरिराले १८ वर्षअघि आफ्नो व्यवसायिक उडान सेवा सुरु गरेको हो। कम्पनीले हाल १७ वटा जहाजमार्फत विभिन्न मुलुकमा उडान सेवा दिँदै आएको छ। निकट भविष्यमा थप नौवटा एयर बसको जहाज थपेर उडान सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

भैरहवामार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट, अजरबैजान लगायत कुवेत हब बनाएर जजिराले उडान संचालन गरिरहेका सबै गन्तव्य जाने उडान सेवा लिन सक्नेछन्।