BIZMANDU
www.bizmandu.com

मतान्तर बढाउँदै रेनु, के दोस्रो कार्यकालको लय समाउँदै हो? विजय सुवेदीसँग पुग्यो १८ सय मतान्तर

२०७९ जेठ ४

मतान्तर बढाउँदै रेनु, के दोस्रो कार्यकालको लय समाउँदै हो? विजय सुवेदीसँग पुग्यो १८ सय मतान्तर
मतान्तर बढाउँदै रेनु, के दोस्रो कार्यकालको लय समाउँदै हो? विजय सुवेदीसँग पुग्यो १८ सय मतान्तर

काठमाडौं। सबैभन्दा महत्वका साथ हेरिएको भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता बढाउँदै गएकी छिन्।

Tata
GBIME

उनले आफ्नो अग्रता १८ सय मतान्तरले बढाएकी छिन्। तीन घण्टाअघिसम्मको मतगणनामा रेनुको मतान्तर १६ सयमात्र थियो।

पछिल्लो मतगणना अनुसार रेनुको मत १० हजार ४ सय ४९ रहेको छ। त्यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५ सय ९७ मत पाएका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ४ हजार ६९६ रहेको छ।

केही घण्टा अगाडि ९ हजार ८०१ मतका साथ रेनु दाहाल अग्रस्थानमा थिइन्। उनलाई नेकपा एमालेका विजय सुवेदीले पछ्याइरहेका छन्। सुवेदीको खातामा ८ हजार १८१ मत परेको छ।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५०४ मत ल्याउँदा पनि रेनुको अग्रता कायमै थियो। तर, मतगणना बढ्दै जाँदा रेनुले मतान्तर बढाउँदै गएकी हुन्। शनिवारदेखि भएको मत गणनामा मंगलवारसम्म रेनु र विजयको मतान्तर १ सयदेखि ३ सयको आसपासमा नै घुमिरहेको थियो।

रेनु अघिल्लो कार्यकालमा पनि भरतपुर महानगरपालिकाबाट मेयरमा विजयी बनेकी थिइन्।